कृषि अनुदानलाई उत्पादनमा जोड्ने, कृषि सहकारीको ढुवानीमा कर छुट,

काठमाडौं – सरकारले कृषि अनुदानलाई उत्पादनमा जोडने लक्ष्य लिएको छ । अर्थमन्त्री डा प्रकाशरण महतले बजेटमा उत्पादनमा आधारित कृषि अनुदान प्रणाली लागु गर्ने घोषणा गरे ।

बजेटमार्फत कृषि क्षेत्रको विकासका लागि किसानलाई उत्पादनमा प्रोत्साहन सरकारले कृषकहरूका लागि ‘उत्पादन साथमा, अनुदान हातमा’ कार्यक्रम घोषणा गरेको छ । कृषि अनुदानलाई उत्पादनमा आधारित बनाइने उल्लेख छ ।

बीऊ खरिद, रासायनिक मल, बीमा र यान्त्रिकीकरणमा दिइँदै आएको अनुदान बाहेकका बाँकी सबै प्रकारका कृषि अनुदानलाई उत्पादनमा आधारित बनाइनेछ ।अनुदान प्रणालीलाई व्यवस्थित र पारदर्शी बनाउने र आगामी साउन मसान्तभित्र नयाँ मापदण्ड र कार्यविधि तर्जुमा गरी कार्यान्वयनमा ल्याउने भएको हो ।

यसबाट कृषिमा प्रदान गरिँदै आएको अनुदान सदुपयोग नभएको भन्ने आम गुनासो सम्बोधन हुने र वास्तविक किसान लाभान्वित भई कृषि उत्पादन बढाउन सघाउ पुग्ने सरकारको अपेक्षा छ । साथै,कृषि सहकारीलाई प्रोत्साहन गर्दै ढुवानी सेवाको लागि कर छुटको व्यवस्था गरेको छ ।

बजेटले कृषि तथा पशुपन्छी विकास मन्त्रायलको लागि ५८ अर्ब ५८ करोड रुपैयाँ बिनियाेजन गरेको छ । चालु आर्थिक वर्षको बजेटले कृषि तथा पशुपन्छी विकास मन्त्रायलको लागि ५५ अर्ब ९६ करोड रुपैयाँ बिन्योज गरेको थियो ।