कसरी भय ? साविकको युनियन लाइफको शेयर कारोबार

काठमाडौं: मर्जर पश्चात साविकको युनियन लाइफ इन्स्योरेन्सको शेयर कारोबार रोक्का रहेको छ । प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ इन्स्योरेन्सबीच मर्जर भएर बैशाख २६ गतेदेखि हिमालयन लाइफ इन्स्योरेन्सको नामबाट एकिकृत कारोबार गरि रहेको छ ।
हिमालयन लाइफ इन्स्योरेन्सको शेयर भने नेप्सेमा शेयर कारोबार भएको छैन । तर आइतबार भने साविक युनियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । यस दिन ७२ हजार ५५२ रुपैयाँ बराबरको १९० कित्ता शेयर किनबेच भएका छन् । नेप्सेमा कम्पनीको शेयर १० प्रतिशत अर्थात ३५ रुपैयाँ ८० पैसाले बढेर ३९३ रुपैयाँ ८० पैसा पुगेको छ । नेप्सेले कम्पनीको शेयर कारोबार कसरी भयो भनेर कारण खोज्दै गरेको छ । केही समय पछिनै समस्या पत्ता लगाएर समधान गर्ने नेप्सेले जनाएको छ ।