आर्थिक सर्वेक्षण पेस गर्दै अर्थमन्त्री महत, १७ खर्ब हाराहारीको बजेट ल्याउने

काठमाडौं- सरकारले सोमबार आर्थिक वर्ष २०८०र८१ को बजेट संसदमा प्रस्तुत गर्दैछ। सरकारले करिब साढे १७ खर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ।
आइतबार भने अर्थमन्त्री डा: प्रकाशशरण महतले आव २०७९र८० को आर्थिक सर्वेक्षण पेस गर्ने भएका छन् । आज संघीय संसदको संयुक्त बैठक पछि दिउँसो १ बजेका लागि प्रतिनिधिसभाको बैठक बोलाइएको छ।
बैठकमा अर्थमन्त्री महतले आर्थिक वर्ष २०७९र८० को आर्थिक सर्वेक्षण पेस गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ।