पशुपति जलाहारी घोटाला विवाद संसदमा प्रवेश,के होला अब ?

काठमाडौं- पशुपतिनाथ मन्दिरमा लगाइएको सुनको जलाहारीमा भ्रष्ट्रचार भएको कुरा सत्तारूढ दलका एक साँसदले संसदमा राखेपछि एमालेले तीव्र आक्रोश पोखेको छ । साँसद लेखनाथ दाहालको उक्त भनाइ संसदको रेकर्डबाट हटाइयोस् भन्दै एमालेले संसद अवरूद्ध समेत पार्यो ।
सरकारको नीति तथा कार्यक्रममाथि प्रधानमन्त्रीले जवाफ दिने सूची रहेको संसदमा यो प्रकरण तातिएपछि १२ बजे अवरूद्ध संसद अझै शुरू भएको छैन।

१४ माघमा तत्कालीन पर्यटनमन्त्री भानुभक्त ढकालको नेतृत्वमा बसेको पशुपति क्षेत्र विकास कोष सञ्चालक समितिको बैठकले पशुपति मन्दिरमा सुनको जलाहारी हाल्ने निर्णय गरेको थियो । सोही समय पशुपति दर्शनका लागि पुगेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जलाहारी राख्नका लागि तीस करोड रूपैया दिने घोषणा समेत गरे । पछि सो रकम मन्त्रीपरिषदको बैठक बसेर निकासा दिने काम पनि भयो । राष्ट्र बैंकबाट सोझै सुन खरीद गर्न कोषका सदस्य सचिव डा‍। प्रदीप ढकाललाई जिम्मेवारी पनि दिइयो । जलाहारी निर्माण अवधिभरको सुरक्षाको जिम्मेवारी नेपाली सेनालाई दिइएको थियो । तत्कालीन राष्ट्रपति विद्या भण्डारीले इच्छा व्यक्त गरेपछि सरकार जलाहारी निर्माणका लागि तत्पर भएको थियो ।

जलाहारी निर्माणमा इस्टमेट भन्दा बढी सुन खरीद भएको, जलाहरी निमार्णमा ११ किलो सुन गायव पारिएको, निर्माण खर्च पारदर्शी नपारिएको,रातारात माइन्यूट गरिएको, जनप्रतिनिधिहरूलाई मुचुल्कामा सामेल नगरिएको लगायतको बिषयमा प्रश्न गरिएको छ । यो बिषय अख्तियारमा पनि छानवीनको लागि गएको छ । महालेखा परीक्षकको पछिल्लो प्रतिवेदनमा समेत पारदर्शितामा शंका उव्जाएपछि यो विषय पेचिलो बनेको छ । महालेखाको प्रतिवेदनमा यो विषय उल्लेख गरिएपछि तत्कालिन प्रधानमन्त्री एमाले अध्यक्ष केपी ओलीले प्रतिवेदनलाई वाहीयात भनेका थिए । महालेखाले यसरी लेखेको थियो । यो बिषय संसदमा प्रवेश पाएपछि एमालेले बिरोध गरेको छ । यो विषय छानविनको बिषय बन्छ या सामसुम हुन्छ, त्यो हेर्न भने बाँकी छ ।