नेशनल माइक्रोफाइनान्स र समीट लघुवित्तबीच स्वाप रेशियो कायम

काठमाडौं- नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र समीट लघुवित्त वित्तीय संस्था लिमिटेडबीच मर्जरका लागि स्वाप रेशियो तय भएको छ । संयुक्त सञ्चालक समितिको जेठ ११ गते बसेको बैठकले मर्जरमा जान लागेका दुबै लघुवित्तबीच स्वाप रेशियो कायम गरेको हो ।
बैठकले दुबै कम्पनीको सम्पत्ति,दायित्व तथा कारोबारको मूल्यांकन डीडीए प्रतिवेदन सिफारिस बमोजिम सेयर स्वाप रेसियो निर्धारण गरिएको हो । बैठकको निणर्य अनुसार शेयर आदान प्रदान अनुपात १ः०।७३ अर्थात नेशनलको १०० कित्ता शेयर बराबरको समीट को ७३ कायम भएको छ । मर्जर सम्बन्धी प्रारम्भिक सम्झौताको तुलनामा डिडिए पश्चात स्वाप रेशियो घटेको छ । प्रारम्भिक सम्झौता अनुसार १ः०।८२ स्वाप रेशियोमा कायम रहेको थियो ।
दुई लघुवित्तबीच असोज २६ गते एक आपसमा मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थियो । भने राष्ट्र बैंकले मर्जरमा जान पुस ७ गते सैद्धान्तिक सहमति प्रदान गरेको थियो ।