टेकनारायण पाण्डेले गिरोहबाट आएको ८४ लाख एकै पुलिसको नामबाट १३ पटकसम्म खातामा जम्मा

काठमाडौं –  नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका तत्कालिन गृहसचिव टेकनारायण पाण्डेले आफ्नो सुरक्षामा खटिएका प्रहरीको नामबाट १३ पटकसम्म रकम जम्मा गर्न लगाएका छन् । सुरक्षा व्यवस्था निर्देशनालयमा कार्यरत प्रहरी बरिष्ठ नायब निरीक्षक धर्मराज शाहीलाई गृह सचिव भएपछि उनको व्यक्तिगत सुरक्षामा खटाइएको थियो । त्यही बेला जब रकम प्राप्त हुन्थ्यो तब तीनै शाहीलाई पाण्डेले रकम जम्मा गर्न लगाउँथे । शाहीले गरेको कागजमा यसरी १३ पटक गरेर आफ्नो नामबाट पाण्डेको खातामा करिब ८४ लाख रकम जम्मा गरेका थिए ।

बुधबार जिल्ला सरकारी वकीलय कार्यालयले दर्ता गरेको अभियोजनपत्रमा उनले कागम गरेको विवरणमा उक्त क्ुरा उल्लेख छ । कार्यकक्षबाटै नगद रुपैयाँ पठाउने गरेका र त्यो रकम कहाँबाट आउने गरेको भन्ने थाहा नभएको उनले कागज गरेका छन् । उनीमाथिको अभियोगपत्रमा कार्यालयले १ करोड २४ लाख नगदै लिएको उल्लेख छ ।

‘आफु केही व्यवस्त भएकाले तपाइँले मेरो व्यक्तिगत वैंक खातामा रकम जम्मा गरेर आउनु भनी पठाउने गर्नु भएकोले आदेश बमोजिम बैंकमा विभिन्न मितिमा मेरो नामबाट रकम जम्मा गरी भौचर ल्याएर दिने गरेको थिएँ । शाहीले कागज गरेको विवरणमा भनेका छन्, ‘एकमुष्ट विवरण थाहा नभए पनि थाहा भएसम्मको वैंक खाताको विवरण तपसिल बमोजिम छ ।