आइएमई पेको अफरः १ रुपैयाँमा सामसुङ ग्यालेक्सी मोबाइल जित्ने मौका

काठमाडौं- आइएमई पे ले ‘रु १ मा के, सामसुङ इन आइएमई पे’ नामक खेल सार्वजनिक गरेको छ जेठ १० गते देखि जेठ १७ गते सम्म चल्ने यस अफरमा आइएमई पे का सम्पूर्ण प्रयोगकर्ताहरूले केवल १ रुपैयाँमा सो खेल खेली सामसुङको ग्यालेक्सी ए–१४ ५जी स्मार्टफोन जित्ने मौका पाउन सक्ने छन् । प्रयोगकर्ताहरुले यो खेल आइएमई पे एप को होमपेजमा ‘रु १ मा के’ ब्यानरमा गइ खेल्न सक्नेछन् । यस एक हप्ते अफरमा प्रयोगकर्ताहरुले धेरै पटक रु। १ तिरी सो खेल खेल्न सक्ने छन् ।
यस अफरको अन्त्यमा १ भाग्यशाली विजेताको घोषणा आइएमई पेको सामाजिक सन्जाल मार्फत हुनेछ । साथै यस अफरको अन्त्यमा अन्य सम्पूर्ण सहभागीहरूको पैसा फिर्ता पनि गरिने जानकारी कम्पनीले गरेको छ ।