क्वालालाम्पुर–भैरहवा हवाई भाडा ११ हजार ४६१ रुपैयाँ

काठमाडौ- नेपाल वायुसेवा निगमले क्वालालाम्पुर–भैरहवा रुटमा उडान गर्ने भएसँगै भाडा घटेको छ । यसअघि १२ हजार ७ सय रुपैयाँ तोकिएको यस रुटको भाडादर अब ११ हजार ४६१ रुपैयाँमा झरेको छ । नेपाल एयरलाइन्सले क्वालालाम्पुर–भैरहवा रुटमा ११ हजार ४६१ रुपैयाँ भाडा तोकेको हो ।
काठमाडौंबाट क्वालालाम्पुर जाने ए–३२० जहाज क्वालालाम्पुरबाट भैरहवा आउनेछ । त्यसपछि उक्त जहाज भैरहवाबाट काठमाडौं आउने छ । यो रुटमा जेठ २९ गतेबाट नेपाल एयरलाइन्सले हप्तामा एउटा उडान गर्नेछ ।
क्वालालाम्पुर–भैरहवा–काठमाडौं रुटको भाडा भने १२ हजार ३४६ रुपैयाँ तोकिएको छ । यसको अर्थ क्वालालाम्पुरबाट भैरहवा हुँदै काठमाडौँ आउँदा १२ हजार ३४६ रुपैयाँ लाग्नेछ । यसअघि यो रुटको भाडादर १४ हजार ७२० रुपैयाँ थियो ।