हुन्डाई इन्डियाले ईभी इकोसिस्टम विकास गर्न २० हजार करोड लगानी गर्दै, वार्षिक ८ लाख ५० हजार युनिट उत्पादन पुर्याउने

काठमाडौैं – दक्षिण कोरियाली अटो कम्पनी हुण्डाईले भारतको तमिलनाडु राज्यमा आफ्नो दीर्घकालीन लगानी योजना घोषणा गरेको छ। कम्पनीले १० बर्ष ९२०२३देखि २०३२० को अवधिमा चरणवद्ध रुपमा २० हजार करोड रुपैयाँ लगानी गरेर विद्युतीय सवारीसाधनहरु उत्पादन गर्ने जनाएको छ ।हुन्डाइ इन्डियाका सिईओ उन्सू किम र आएएस तमिलनाडुका एमडी भी विष्णुले तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनको उपस्थितिमा हस्ताक्षर गरेका छन्।
सो अवसरमा हुन्डाइ इन्डियाका सिईओ उन्सू किमले भने, हाम्रो दीर्घकालीन दृष्टिकोणको एक भागको रूपमा तमिलनाडुलाई भारतमा हुन्डाईको विद्युतीय सवारी उत्पादनको आधारको रूपमा विकास र स्थापना गर्ने योजनालाई अन्तिम रूप दिएका छौं। यसले हामीलाई हाम्रो पोर्टफोलियोलाई सुदृढ गर्न र हाम्रा गाडीहरूमा उत्कृष्ट सुविधाहरू र प्रविधिहरू प्रदान गर्न मद्दत गर्नेछ जसले हाम्रो ग्राहकको आकांक्षालाई पूरा गर्नेछ। कोरियाली अटो निर्माताले तमिलनाडु सरकारको विद्युतीय गतिशीलतातर्फ राज्यको दिगो प्रणाली निर्माण गर्ने दृष्टिकोणको रणनीतिक साझेदार बन्ने लक्ष्य राखेको छ।
हुन्डाईले १ लाख ७८ हजार ब्याट्रीहरू जम्मा गर्न वार्षिक क्षमताको ब्याट्री प्याक एसेम्बली इकाई स्थापना गर्नेछ । ५ वर्षको अवधिमा प्रमुख राजमार्गहरूमा प्रमुख स्थानहरूमा १०० चार्जिङ स्टेशनहरू स्थापना गर्नेछ।
यसमा ५ ओटा डुअल अल्ट्रा–फास्ट चार्जिङ स्टेसनहरू ९डिसी १५० किलोवाट र डिसी ६० किलोवाट०,१० ओटा सिंगल फास्ट चार्जिङ समावेश छन । सिंगल फास्ट चार्जिङ स्टेशनहरू डिसी १५० किलोवाट० र ८५ एकल फास्ट चार्जिङ स्टेशनहरू ९डिसी ६० किलोवाट० समावेश छन्। हुन्डाई मोटर इन्डियाले कुल उत्पादन मात्रालाई वार्षिक ८ लाख ५० हजार युनिटमा पु(याउनेछ । पेरुम्बुदुरमा रहेको आफ्नो कारखानाबाट नयाँ विद्युतीय र आईसीई सवारी साधनहरू उत्पादन गर्ने कम्पनीले जनाएको छ । भारतमा हुन्डाईंको सो लगानीले नेपाली उपभोक्ताले पनि लाभ पाउने छन ।