बाग्मती प्रदेशमा सार्वजनिक गाडीको भाडा घट्यो, उपत्यका चढ्ने बित्तिकै १७ रुपैयाँ

काठमाडौं – बाग्मती प्रदेशले सार्वजनिक सवारीसाधनको भाडा घटाएको छ। डिजलको मूल्य घटेसँगै प्रदेशले भाडादर समायोजन गरेको हँे ।
नेपाल आयल निगमले डिजेलको भाउ लिटरमै १० रुपैयाँ घटाएर प्रति लिटर १५५ रुपैयाँ कायम गरेसँगै भाडादर समायोजन गरेको हो।
प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाभित्र चल्ने सार्वजनिक सवारीसाधनको भाडा ५।९० प्रतिशत घटेको छ। उपत्यका बाहिर चल्ने सार्वजनिक सवारीसाधनको ४।१८ प्रतिशत र मालवाहक सवारीसाधनको ५।६९ प्रतिशत भाडा घटेको छ।
बाग्मती प्रदेशमा अहिले ५ किलोमिटरसम्मको भाडा १८ रुपैयाँ छ। १० किमीसम्म २३ रुपैयाँ, १५ किमीसम्म २७ रुपैयाँ, २० किमीसम्म ३० रुपैयाँ र २० किमीभन्दा माथि ३५ रुपैयाँ भाडादर तोकिएको छ। १८ रुपैयाँको ५।९० प्रतिशत १।०६२ रुपैयाँ हुन्छ। अब ५ किमीसम्म यात्रा गर्ने यात्रुले १७ रुपैयाँ तिरे पुग्छ।
यसअघि नै संघीय सरकारले भाडादर समायोजन गरिसकेको छ। संघले सार्वजनिक सवारीसाधनको ३।२० प्रतिशत, पहाडी बाटोमा संचालन हुने मालवाहक सवारीसाधनमा ४।१९ प्रतिशत र तराईको बाटोमा संचालन हुने सवारीसाधनमा ४।६५ प्रतिशत भाडादर घटाएको छ।