साविक सगरमाथा इन्स्योरेन्सको २०५ संस्थापक सेयर सर्वसाधारणमा परिणत हुँदै

काठमाडौं- साविक सगरमाथा इन्स्योरेन्सको २० प्रतिशत संस्थापक सेयर सर्वसाधारणमा परिणत हुने भएको छ। कम्पनीले नेपाल बीमा प्राधिकरणबाट स्वीकृति पाएलगत्तै सेयर रुपान्तरण गर्ने प्रक्रिया थालेको हो। कम्पनीका अनुसार ७०स्३० रहेको संस्थापक र सर्वसाधारणको हिस्सेदारी अनुपात अब ५१स्४९ हुनेछ।

इन्स्योरेन्सले मर्जर अघि नै सेयर परिवर्तन गर्न निवेदन दिएको थियो। जसअनुसार कम्पनीका स्वदेशी संस्थापकको कायम ५१ प्रतिशत सेयरमध्ये २० प्रतिशत सर्वसाधारणमा परिणत हुँदैछ। लुम्बिनी र सरगमाथा इन्स्योरेन्स गाभिएर सलिको इन्स्योरेन्स भएको छ।

खासमा कम्पनीका संस्थापकले ७१ प्रतिशत सेयर होल्ड गरेका थिए। ५१ प्रतिशत नेपाली लगानीकर्ता हुन्। बाँकी २० प्रतिशत श्रीलंकाको सेलिन्को इन्स्योरेन्स पिएलसीको स्वामित्व हो। सेलिन्कोको हिस्सेदारी भने यथावत नै रहने कम्पनीले जनाएको छ।

बाँकी रहेको ५१ प्रतिशतबाट २० प्रतिशत संस्थापक आम सेयरमा परिवर्तन गर्दैछ। उनीहरुको ३१ प्रतिशत मात्रै कायम हुन्छ।सर्वसाधारणको विद्यमान २९ प्रतिशत सेयर भने ४९ प्रतिशत पुग्नेछ।

परिवर्तन हुन लागेको सो २० प्रतिशत सेयर बेच्न नचाहने संस्थापकमध्येले भने कम्पनीलाई जानकारी गराउन आग्रह गरेको छ। आगामी ७ दिनभित्र सेयर सर्वसाधारणमा परिवर्तन गर्न नचाहेको स्वघोषणको जानकारी कम्पनीको प्रधान कार्यलयमा गराउनु पर्नेछ।