गोंगबु हत्याकाण्ड : सापटी दिएको ५० लाख रुपैयाँ लिन जाँदा विभत्स हत्या, यस्तो छ महिलाको बयान

काठमाडौं – विभत्स हत्या गरिएका कृष्णबहादुर बोहोराको अनुसन्धानमा प्रहरीले नयाँ तथ्य फेला पारेको छ ।

बोहोराको गोंगबुमा सुटकेशमा टाउको र खुट्टा नभएको सव भेटिए थियो भने करिव तीन सय मिटर पर झोलामा टाउको भटिएको थियो । उनको अनुसन्धान गर्ने क्रममा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । मोडलिङ क्षेत्रमा काम गर्ने कम्पना शाहीलाई प्रहरीले चितवनबाट पक्राउ गरेको हो ।

अनसुन्धानकै क्रममा ती महिलाले आफूले हत्या गरी फालेको प्रारम्भिक रुपमा स्वीकारेकी छिन ।

प्रहरी स्रोतका अनुसार कृष्णबहादुर पछिल्लो ९ महिनादेखि मित्रनगरस्थित एक गेस्ट हाउसमा बसेका थिए ।

उनको कल्पनासँग लेनदेन सम्बन्धी विवाद रहेको हुनसक्ने देखिएको छ । अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार बोहोराले एक जनासँग ५० लाख रुपैयाँ लिनुपर्ने र उनलाई धेरै प्रयासपछि शनिबार भेटेको आफन्तसँग बताएका थिए । बोहोराले भनेको व्यक्ति तिनै महिला हुन् वा अरु कोही भन्ने खुलिसकेको छैन ।

तर शनिबार शाहीले खानपिनका लागि बोलाएको र केही दिन नआउन सक्ने भन्दै होटलबाट निस्किएका थिए ।

महिला र बोहोराको सम्बन्ध लेनदेनको मात्र हो वा अन्य केही थियो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार शनिबार राति नै बोहोराको हत्यापछि शवलाई सुटकेश र झोलामा लगेर सडकमा फ्याँकिएको पाइएको छ । त्यसपछि उनी भागेर चितवन गएकी थिइन् ।