एन.आई.सी एशिया बैंकद्वारा आफ्नै पेमेन्ट स्वीच सञ्चालन

काठमाडौं— एन.आई.सी एशिया बैंकले Societe Maghrebine de Monetique (S2M) System सँगको सहकार्यमा आफ्नै पेमेन्ट स्वीच (Electronic Fund Transfer (EFT) Payment Switch) सञ्चालनमा ल्याएको छ । बैंकले हालै मात्र उक्त पूर्वाधारको सफलतापूर्वक कार्यान्वयन गरी बैंकको भुक्तानी प्रणालीमा आबद्ध गरेको छ ।

बैंकका प्रमुख सूचना अधिकारी सुधिर नाथ पाण्डले बिहिबार एक प्रेस विज्ञीपत जारी गर्दै डिजिटल कारोबारमा आम ग्राहक महानुभावहरुको उल्लेख्य उपस्थिति भइरहेको तथा उक्त संख्यामा उत्साहजनक वृद्धि हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै बैंकले कार्डबाट हुने कारोबारलाई थप विश्वसनीय एवं सहज बनाउनका निमित्त आफ्नै पूर्वाधार खडा गरेको कुरा बताएका हुन् ।