गरिमा विकास बैंकद्वारा नयाँवर्ष वि.सं. २०८०को क्यालेण्डर र नयाँ वेवसाईट विमोचन

काठमाडौं – गरिमा विकास बैंक लिमिटेडले आज एक विशेष कार्यक्रम आयोजना गरि आउँदै गरेको नयाँ वर्ष २०८० सालको आफ्नो आधिकारीक क्यालेण्डर विमोचन गरेको छ ।

बैंकले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै सो कुरा बताएको हो । आफ्नै केन्द्रिय कार्यालयम आयोजना गरेको उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र नायव प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायले संयुक्त रुपमउत्तक्यालेण्डको विमोचन गरे । बैंकले देश भित्रका विभिन्न पर्यटकिय क्षेत्रहरु समावेश भएको आर्कषक भित्ते क्यालेण्डर र विभिन्न प्रजातीका चरा तथा वन्यजन्तु समावेश भएको टेवल क्यालेण्डर प्रकाशन गरेको छ ।

सोहि कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले स्तरोन्नती गरि ग्राहक मैत्रि बनाईएको बैंकको नयाँ वेवसाईटको समेत शुभारंभ गरे । गरिमा विकास बैंकले नेपाल भर आफ्नो १२१ शाखा कार्यालय र ४९ एटिएमबाट सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ ।