सेयर बजारमा सामान्य वृद्धि, कारोबार रकम घट्यो

काठमाडौं – सेयर बजारमा सामान्य वृद्धि, कारोबार रकम घटेको छ । कारोबार समयदेखि घट्न थाले पनि अन्तिम समयमा सामान्य सुधार हुँदै १.०२ अंकको वृद्धिसँगै नेप्से परिसूचक बन्द भएको हो ।
०.०५ प्रतिशत बढेसँगै नेप्से परिसूचक १९१९ अंकमा पुगेर रोकिएको छ । यसक्रममा आज ८१ करोड ६२ लाख १९ हजार रुपैयाँ बराबरको २५ लाख ३९ हजार कित्ता सेयर किनबेच भएको छ । यसअघि, नेप्सेमा एक अर्ब रुपैयाँभन्दा धेरैको कारोबार हुँदै आएको थियो ।
नेप्से सामान्य अङ्कले बढ्दा १५ वटा कम्पनीको सेयर स्थिर रहेको छ । यस्तै, ११४ वटा कम्पनीको सेयर मूल्य घट्दा जम्मा ८७ वटा कम्पनीको सेयर मूल्य बढेको छ ।