फेरि घट्यो सुनको मूल्य तोलाको कति ?

काठमाडौं – मंगलवार सुनको मुल्य तोलामा एक हजारले घटेको छ । आज छापावाल सुनको मूल्य एक लाख आठ हजार तोकिएको छ
अघिल्लो दिन( सोमवार) प्रतितोला एक लाख नौ हजारमा कारोबार भएको सुनको मूल्य आज एक लाख आठ हजार तोकिएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख सात हजार पाँच सय छ । तेजाबी सुन अघिल्लो दिन एक लाख आठ हजार पाँच सय थियो ।