दोस्रो दिन पनि बढ्यो सेयर बजार, यतिमा हुदैछ कारोबार

काठमाडौं-अघिल्लो साता निरन्तर घटिरहेको सेयर बजारमा पछिल्लो समय लयमा फर्किने संकेत देखिएको छ । सोमबार र मंगलबार लगातार दोहोरो अंकले बढेर बजारले यस्तै संकेत दिएको छ । मंगलबार १२.१० अंकले बढेको बजार १९१८.१० विन्दुमा पुगेर रोकिएको छ । शून्य दशमलव ६३ प्रतिशतले बजार बढेको हो ।