नेप्सेमा १७ अङ्कको वृद्धि

काठमाडौं । लामो समयको अन्तरालपछि सोमबार सेयर बजार परिसूचक नेप्से १७ अंकमाथिको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक १७।७० अङ्कले बढ्दै १९ सय ६ अङ्कको विन्दुमा उक्लिएको हो ।

अघिल्लो दिन यस्तो सूचक २६.८७ अङ्कले घट्दै १८ सय ८८.२७ अङ्कको विन्दुमा झरेको थियो । उसो त आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत २।०४ अङ्कले बढ्दै ३५८।०३ अङ्कमा उक्लिएको नेप्सेले जनाएको छ । १७ अङ्कमाथिले नेप्से बढेको दिन १ अर्ब ३८ करोड २७ लाख रुपैयाँ बराबरको ४३ लाख ८ हजार कित्ता सेयर दोस्रो बजारमा किनबेच भएको छ ।