१५.७६ अंकले नेप्से ओरालो

काठमाडौ – मंगलबार २२.६५ अंकले बढेको नेप्से परिसूचक बुधबार १५.७६ अंकले गिरावट आएको छ। पछिल्लो दुई सातादेखि नेप्से परिसूचकमा उतारचढाव आइरहेको छ।

उक्त उदारचढावबीच बुधबार नेप्से परिसूचक १५.७६ अंक घटेर १९३३.२९ बिन्दुमा झरेको हो। त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.३२ अंकले घटेको छ भने फ्लोट इण्डेक्स १.१३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८३ अंकले घटेको छ।

बुधबार कारोबारमा आएका २६६ कम्पनीको ३७ लाख ७७ हजार कित्ता शेयर १ अर्ब ३३ करोड ३७ लाख १९ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। मंगलवारको तुलनामा बुधवार कारोबार रकम पनि बढेको छ। मंगलबार १ अर्ब २९ करोडको शेयर कारोबार भएको थियो।