सानिमा मिडिल तमोर हाइड्रोपावरको आईपीओ बाँडफाँट

काठमाडौं-सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन ९आईपीओ० बाँडफाँट भएको छ । कम्पनीले आईपीओ निष्कासनको लागि नियुक्त गरेको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल बुधबार बिहान कम्पनीको आईपीओ बाँडफाँट गरेको हो ।

कम्पनीले २६ फागुनदेखि ३० फागुनसम्म प्रतिकित्ता १०० अंकित मूल्यका ४२ लाख ४८ हजार ९३८ कित्ता सेयर साधारण निष्कासन गरेको थियो । उक्त सेयरमा कुल १३ लाख ५६ हजार ३४१ आवेदकले १ करोड ५० लाख ८८ हजार ८८० कित्ता सेयरका लागि आवेदन दिएका थिए । जसमध्ये ७ हजार ९९९ जनाको आवेदन रद्ध भएर १३ लाख ४८ हजार ३४२ आवेदन स्वीकृत भएको भएको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ ।