सिटी होटलले पायो आईपीओ निष्कासन गर्न अनुमति

काठमाडौं – नेपाल धितोपत्र बोर्डले सिटी होटल लिमिटेडलाई धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्न स्वीकृति दिएको छ । बोर्डले ५ चैतमा होटललाई आईपीओ निष्कासन गर्न स्वीकृति दिएको हो ।
काठमाडौंको सोल्टीमोडको ५ तारे सिटी होटल (हायात प्यालेल) १६ करोड ७४ लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने अनुमति पाएको नेपाल धितोपत्र बोर्डले जनाएको छ । कुल १ अर्ब ६७ करोड १ अर्ब ६७ करोड ४० लाख रुपैयाँ जारी पूँजी रहेको होटलले जारी पूँजीको १० प्रतिशतले हुने १६ करोड ७४ लाख रुपैयाँ बरारबरको आईपीओ जारी गर्न अनुमति पाएको हो ।