१ लाख १० हजार पुगेको सुन फेरि घट्यो तोलाको कति हेर्नुहोस्

काठमाडौं – आज नेपाली बजारमा सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो आइतबारको तुलनामा आज सोमबार ७०० रुपैयाँले मूल्य घटेको हो । यससँगै आज छापावाल सुनको मूल्य १ लाख ९ हजार ३०० रुपैयाँ कायम छ । हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार रुपैयाँ कायम भएको थियो । र, यो नेपाली बजारमा अहिलेसम्मकै किर्तिमानी मूल्य हो ।

यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार ८०० रुपैयाँ कायम छ । हिजो आइतबार तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ५०० रुपैयाँ कायम थियो । पछिल्लो समय नेपाली बजारमा सुनको मूल्य बढ्दै गइरहेको छ । विश्वबजारमा सुनको मूल्य निरन्तर बढ्दाको प्रभाव नेपाली बजारमा समेति देखिइरहेको छ । महासंघले आज चाँदीको मूल्य समेत घटेको जानकारी दिएको छ ।