बीपीडब्लू लघुवित्तको आईपीओ बाँडफाँट

काठमाडौं – बीपीडब्लु लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले यहीँ फागुन १८ गतेदेखि २३ गतेसम्म सर्वसाधारणका लागि जारी गरेको ८० हजार ९५० कित्ता सेयरको शुक्रबार बाँडफाँट भएको हो । गोलाप्रथामार्फत भएको सेयर बाँडफाँटमा ८ हजार ९५ जना आवेदकले १०÷१० कित्ताका दरले कम्पनीको सेयर हात पारेको बिक्री प्रबन्धक मेगा क्यापिटलले जनाएको छ । बाँकी १४ लाख ५१ हजार ६८९ जना आवेदकहरुको हात खाली हुन पुगेको छ ।

कम्पनीको सेयरका लागि कुल १४ लाख ५९ हजार ७८४ जना आवेदकले आवेदन दिएका थिए । जसमध्ये १ हजार ५०६ जनाको आवेदन रद्द भएको छ । बीपीडब्लु लघुवित्तले फागुन १८ गतेदेखि २३ गतेसम्म सर्वसाधारण लगानीकर्ताका लागि ८० हजार ९५० कित्ता सेयर बिक्री गरेको थियो । कम्पनीले सर्वसाधारणलाई बिक्री गरेको हो ।