नेप्सेमा सामान्य अंकको गिरावट

काठमाडौं – साता कारोबारको अन्तिम दिन शेयरबजारमा सामान्य अंकको गिरावट आएको छ ।

नेप्से सूचक आज ५. ३२ अंकले घटेर १९३३ विन्दु्मा कायम भएको छ । सूचीकृत २५८ कम्पनीको ३४ लाख २ हजार २६७ कित्ता शेयर खरिदबिक्री हुँदा एक अर्ब १४ करोड १४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ४ वटा उपसूचकमा हरियाली छाएको छ भने बाँकी ९ वटा उपसूचकम राताम्य रहेका छन् । सर्वाधिक आज ब्यापार उपसूचक १. ४१ प्रतिशतले बढेको छ भने सर्वााधिक माइक्रोफाइनान्स इन्डेक्स ०. ९० प्रतिशतले घटेको छ ।