प्रभु बैंकको ५ लाख कित्ता सेयर बिक्रीमा

काठमाडौं – प्रभु बैंकको ५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा आएको छ।  बैंकले बिहिबार सूचना  अनुसार  बैंकका ७ संस्थापकले आफ्नो स्वामित्त्वको कुल ५ लाख ७ हजार ९३७ कित्ता सेयर बेच्दैछन्।

जसमध्ये संजय कुमार मोरले ३८ हजार २८६ कित्ता बेच्दैछन्। श्रवणकुमार अग्रवाल र राजेश कुमार अग्रवालले बराबर ५९ हजार ७५९ कित्ता बेच्न लगेका हुन्।

त्यसैगरी भोज कुमार सिटौलाले ३३ हजार १८ कित्ता, सुचित्र मान शाक्यले ३० हजार ६५० कित्ता, कृष्ण प्रसाद आचार्यले ८६ हजार ४६८ कित्ता बेच्दैछन्। सर्वाधिक बिक्रीका लागि बिनिता अधिकारीले निवेदन दिएकि हुन्। उनले २ लाख कित्ता बेच्दैछिन्।

बिक्रेताहरुले अपेक्षित मूल्य पनि निर्धारण गरेर निवेदन पेश गरेका छन्। मूल्य १२५ रुपैयाँदेखि १५० रुपैयाँ प्रति कित्ताको दरभाउमा छ।