कुमारी बैंकले संस्थापक सेयर बिक्री गर्दै

काठमाडौं – कुमारी बैंक लिमिटेडले संस्थापक सेयर तर्फको ८६ हजार ३३३ कित्ता चैत २ गतेदेखि बिक्रीमा ल्याएको छ । बैंकले विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी संस्थापक तर्फको सेयर बिक्रीमा ल्याएको हो ।
यो सेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले आगामी ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेडको कार्यालय नक्साल, काठमाडौं वा कुमारी बैंकको प्रधान कार्यालय टंगाल, काठमाडौंमा आवेदन दिन सक्नेछन् ।