१५ अर्ब रुपैयाँ कर्जा सापटी दिँदै राष्ट्र बैंक

काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई १५ अर्ब रुपैयाँ बराबरको कर्जा सापटी दिने भएको छ । केन्द्रीय बैंकले बिहीबार रिपोमार्फत बजारमा तरलता प्रवाह गर्न लागेको हो । बिहीबार १० बजेदेखि ३ बजेसम्म जारी हुने रिपोका लागि इजाजतपत्र प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूले आवेदन दिन सक्नेछन् । इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतमका लागि ५ करोडले भाग गर्दा निःशेष भाग लाग्ने अंकसम्मका लागि आवेदन दिन सक्नेछन् ।