एनएमबि बैंकको मर्चेन्ट क्युआरमा १००० बोनस

काठमाडौं – एनएमबि बैंकले आफ्नो मर्चेन्टका लागि क्युआर मा रु १००० बोनस अफर ल्याएको छ । जसअनुसार बैंकमा खाता खोलिसकेका मर्चेन्ट तथा नयाँ मर्चेन्टहरुले रु १००० भन्दा माथिको क्युआरमार्फत पहिलो भुक्तानी लिँदा रु १००० को बोनस जित्ने सक्ने बैंकले जनाएको छ । फागुन १५ देखि सुरु भएको यो योजनामा सहभागी हुन मर्चेन्टको एनएमबि बैंकमा करेन्ट अकाउन्ट हुनुपर्ने जनाइएको छ ।

एनएमबि बैंक विगत २६ वर्षदेखि अनवरत रुपमा बैंकिङ सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट “क”वर्गको इजाजत पत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो ।