बैंक तथा वित्तीय संस्थाविरूद्धको आन्दोलन फिर्ता

काठमाडौं – बैंक तथा वित्तीय संस्थाविरुद्ध आन्दोलनरत उद्योगी व्यवसायीहरुले आफ्नो विरोधका कार्यक्रम फिर्ता लिएका छन् ।

उद्योगी व्यवसायीको माग सम्बोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डतयार भएपछि आन्दोलनका कार्याक्रम फिर्ता लिइएको नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए ।

‘प्रधानमन्त्री प्रचण्डसँगको भेटपछि हामीले आन्दोलनका सबै कार्याक्रम फिर्ता लिएका छौं,’ उपाध्यक्ष श्रेष्ठले भने, ‘माग पुरा नभए पुनः आन्दोलन गर्नु होला । तर सरकार तपाईंहरुको माग पुरा गर्न तयार छ भनेर प्रधानमन्त्रीले बाचा गर्नु भएको छ ।’

‘बजारमा देखिएका समस्या र हामीले उठाएका मागबारे प्रधानमन्त्री आफैं जानकार हुनुहुन्छ । ती विषयलाई गम्भीरतापूर्वक लिएको र ब्याजदर घटाउनका लागि पहल गर्ने प्रधानमन्त्री प्रचण्डको आश्वासनपछि हामीले सबै विरोधका कार्यक्रम आजैदेखि फिर्ता लिएका छौं’ श्रेष्ठले भने ।