श्रेष्ठले एनआईसी एशिया बैंकमा खाता खोलेकी थिइन् , घातक रोग बीमा वापत पाइन् १० लाख

काठमाडौं— एनआईसी एशिया बैंकले सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत बैंकमा बचत खाता खोलेकी ग्राहक अन्नु श्रेष्ठलाई खातामा उपलब्ध घातक रोग बीमा वापत रू. १० लाख बीमा रकम पाएकी छन् ।
मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै बैंकका प्रमुख सूचना अधिकारी सुधिर नाथ पाण्डेले श्रेष्ठलार्ई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले उक्त बीमा रकम बराबरको चेक हस्तान्तरण गरेको कुरा बताएका हुन्।
बैंकले सो बीमा रकम नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा भुक्तानी गरेको हो । बैंकले यस बचत खातामा उपलब्ध बीमा सुरक्षण योजना अन्तर्गत हालसम्म देशभरका २०८० जना भन्दा बढी ग्राहकहरूले घातक रोग बीमा वापत रू.३ करोड, दुर्घटना बीमा वापत रू.१ करोड ३० लाख र मेडिकलबीमा वापत रू. ३ करोड ६७ लाख गरी कुल रू. ७ करोड ९८ लाख भन्दा बढी बीमा रकम प्राप्त गरिसकेको कुरा पनि बताएको छ।
बैंकले देशको दुरदराजमा रहेका लाखौं ग्राहकहरू माझ सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको र निक्षेप रकममा अधिकतम प्रतिफल दिने उद्देश्यका साथमा ४ जनालाई ५ वर्षको लागि रू.८४ लाखसम्मको बीमा सुविधा रहेको ‘सर्वश्रेष्ठ बचत योजनाहरु’ सञ्चालन गरिरहेको पनि पाण्डेले बताए।