नेप्सेमा एकल अंकको वृद्धि

काठमाडौं । लगातार दुई कारोबार दिन दोहोरो अंकले गिरावट भएको सेयर बजार परिसूचक नेप्सेमा मंगलबार भने सामान्य एकल अंकको वृद्धि भएको छ । आइतबार करिब २७ अंक र सोमबार करिब २५ अंकले गिरावट भएको नेप्से मंगलबार भने १. ८५ अंकले वृद्धि भएको हो ।
मंगलबार बजार परिसूचक नेप्से ०.०९ प्रतिशतले वृद्धि हुँदा १९५३.०६ अंकमा बन्द भएको छ । बजारलाई लिड गर्ने बैंकिङ सहित उत्पादनमुलक, व्यापार र लघुवित्त उपसूचकमा गिरावट हुँदा अधिकांश उपसूचक बढेपनि नेप्सेमा सामान्य मात्रै वृद्धि भएको छ ।
नेप्सेमा घट्दो क्रम रोकिए पनि कारोबार रकम भने सवा १ अर्ब नजिक आएको छ । मंगलबार नेप्सेमा २६ हजार ४७३ वटा कारोबारमा ३३ लाख १८ हजार १०८ कित्ता धितोपत्र किनबेच हुँदा १ अर्ब १३ करोड ५९ लाखको कारोबार भएको छ ।