बैङ्कले चर्को ब्याज असुलेको भन्दै व्यवसायीहरू उत्रिए सडकमा

काठमाडौं –  बैङ्कले चर्को ब्याज असुलेको भन्दै व्यवसायीहरू सडकमा उत्रिएका छन् ।  देशभरका उद्योग व्यवसायीहरूले बैंकविरुद्ध सडक सङ्घर्ष चर्काएका  र  कराल आर्थिक स्थितिका बाबजुद पनि बैंकहरुले व्यवसायीहरूमाथि चर्को ब्याज असुलेको, कर्जामा ठुलो परिमाणमा प्रिमियम चार्ज लगाएको र कर्जा भुक्तानीको समय समेत नदिएको भन्दै व्यवसायीहरू बैङ्क विरुद्ध सडक सङ्घर्षमा उत्रिएका हुन् ।

केही समय यता चरणबद्ध सडक आन्दोलनमा रहेका व्यवसायीहरूले मंगलबार केन्द्रीय बैङ्क घेराउ गरेका छन् । बालुवाटार स्थित नेपाल राष्ट्र बैङ्क पुगेका व्यवसायीहरूले व्यवसायीहरूको पीडा महसुस गर्न केन्द्रीय बैङ्कको ध्यानाकर्षण गरिरहेका छन् ।