साताको सेयर बजार ३३ अंकले नेप्से बढ्दा ४ अर्बको कारोबार

काठमाडौं । लामो समयको अन्तरालपछि यो साता सेयर बजारमा केही सहज देखिएको छ ।
फागुन २१ गते आइतबारदेखि फागुन २५ गते (बिहीबार) सम्म जम्मा तीन दिन खुलेको बजारमा ३३ अंक माथिले नेप्से वृद्धि भएको हो । यद्यपि, फागुन २२ गते होली र फागुन २४ गते अन्तर्राष्ट्रिय नारी दिवस परेकाले सार्वजनिक विदा हुँदा सेयर बजार खुल्न सकेन । आइतबार, मंगलबार र बिहीबार तीन दिन खुलेको बजारमा ३३.६८ अंकले नेप्से प्लस हुँदै २ हजार २.७० अंकको विन्दुमा उक्लिएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार अघिल्लो साताको अन्तिम कारोबार दिन बिहीबार अर्थात् फागुन १८ गते नेप्से सूचक २६.४७ अंकले घट्दै १९ सय ६९.०३ अंकको विन्दुमा झरेको थियो ।
फागुन २१ गते ९मार्च ५ मा० साताको पहिलो दिन नै खुलेको बजारमा नेप्सेमा ३०.७७ अंकको गिरावट आयो । त्यसपछिका दुई कारोबार दिन, फागुन २३ र २५ गते भने नेप्सेमा भारी अंकले वृद्धि भएको छ । फागुन २३ गते मंगलबार १४.४१ अंकले नेप्से बढ्दै गर्दा फागुन २५ गते एकैदिन ५०.०४ अंकले नेप्से बढेर २ हजार २.७० अंकको विन्दुमा उक्लिएको हो ।