जीवन बीमा व्यवसाय विदेश गएका नेपालीको भरमा, स्वदेशमा रहेकालाई बीमा गराउनै !

काठमाडौं- जीवन बीमा कम्पनीका केन्द्रिय तथा शाखा कार्यालयहरु लगभग सुनसान छन् । गएका वर्षमा अभिकर्ता तथा बीमितले खचाखच हुने कार्यालयहरुमा अहिले कर्मचारी बाहेक दोस्रो व्यक्ति छिर्दैनन् । छिरिहाले पनि धेरै बेर टिक्नै सक्दैनन् ।

बीमा कम्पनीका कर्मचारी र शाखा प्रमुखहरुको एकोहोरो रटाइले गर्दा अभिकर्ताहरु व्यवसायको नामनै सुन्न चाहदैनन् । यसको प्रमुख कारण हो स्वदेशमा रहेका जो सुकैलाई जीवन बीमाको लागि प्रस्ताव गर्ने वित्तीकै तर्किन थाल्छन् ।

कसैबाट पनि सकारात्मक प्रतिक्रिया आउदैन । स्वदेशमा रहेकाहरु सँग व्यवसाय लिन नसके पछि अहिले बीमा कम्पनीका सम्पुर्ण अभिकर्ताहरु वैदेशिक रोजगारमा गएका नेपाली तथा अध्ययन तथा विभिन्न काम विशेषले युरोप, अमेरिका, अष्ट्रेलिया, जापान, चिन, सिंगापुर लगायतका मुलुकमा गएका नेपालीहरुलाई सम्पर्क गर्दै बीमाको लागि प्रस्ताव गरिरहेका छन् ।