नेप्से उकालो लाग्यो कारोबार रकम साढे एक अर्बमा सीमित

काठमाडौं-    नेप्से ५० अंकले   उकालो लाग्यो कारोबार रकम साढे एक अर्बमा सीमित भएको छ ।
बिहीबार नेप्से ५०.०४ अंकले बढेर २००२. ७० को विन्दुमा पुगेको छ । यस दिन २६२ कम्पनीका एक अर्ब ५६ करोड ५५ लाख ५८ हजार ८०२ रुपैयाँबराबरको ४५ लाख ६६ हजार ०४३ किक्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार मापक नेप्से सूचक २.५६ प्रतिशतले बढेको छ । बुधबार सार्वजनिक बिदाका कारण बजार बन्द थियो । नेप्से गएको मंगलबार १४ अंकले बढेको थियो ।

 

.