देशभरका बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई सुरक्षा दिन गृहको निर्देशन

काठमाडौँ – गृह मन्त्रालयले बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई सुरक्षा दिन देशभर सर्कुलर गरेको छ ।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि आक्रमण तथा दुर्व्यवहारका घटना हुन थालेपछि गृहले देशभरका ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई सर्कुलर गरेको हो ।
बैंक तथा वित्तीय संस्थाका कर्मचारीको सुरक्षामा अलर्ट रहन सर्कुलर सहित गृह मन्त्रालयले निर्देशन दिएको हो ।