एनआईसी एशिया बैंकद्वारा दुर्घटना बीमाबापत १० लाख हस्तान्तरण

काठमाडौँ – एनआईसी एशिया बैंकले दुर्घटनामा परी ज्यान गुमाएका अर्जुन खरालको परिवारलाई दुर्घटना बीमाबापतको १० लाख रुपैयाँ उपलब्ध गराएको छ । बैंकमा सर्वश्रेष्ठ बचत खाता खोलेका रुपन्देही जिल्लास्थित शुद्धोधन गाउँपालिकामा स्थायी घर भएका मृतक खरालको खातामा उपलब्ध दुर्घटना बिमाबापतको रकम उनकी श्रीमती लक्ष्मी बस्याललाई यस बैंकका लुम्बिनी प्रदेश प्रमुख तिलक सुन्दर कार्कीले हस्तान्तरण गरेका हुन् ।
हालसम्म २०७९ जना ग्राहकहरूलाई बीमा दाबी गरे बापतको ७ करोड ८८ लाख रुपैयाँभन्दा बढी रकम प्रदान गरिसकेको बैंकले जनाएको छ । जसमध्ये घातक रोग बीमा बापत २७ जनाले रु। २ करोड ९० लाख, दुर्घटना बीमा बापत १३ जनाले रु। १ करोड ३० लाख र मेडिकल बीमा बापत २ हजार ३९ जनाले रु। ३ करोड ६७ लाख बीमा रकम प्राप्त गरिसकेका छन् ।