सेयर बजार १४.४१ अंकको वृद्धि

काठमाडौं – पछिल्लो समय निरन्तर घटिरहेको सेयर बजार १४.४१ अंकको वृद्धिभने सम्हालिएको छ । १४.४१ अंकले बढेको बजार १९५२.६६ बिन्दुमा उक्लिएको यो शून्य दशमलव ७४ प्रतिशतको वृद्धि भएको हो ।
मंगलबार २६१ धितोपत्रको २४ हजार ३७३ वटा कारोबारबाट ४० लाख ५९ हजार १४९ कित्ता सेयर किनबेच हुँदा १ अर्ब २० करोड ४४ लाख ९ हजार ४११ रुपैयाँ बराबरको कारोबार भएको छ ।