घट्यो सुनको मूल्य

काठमाडौँ – सोमबार सुनको मूल्य दुई सयले घटेर एक लाख २४ सय रुपैयाँ प्रतितोलामा पुगेको छ।

आइतबार सुन प्रतितोला एक लाख २६ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य १३ सय ९५ रुपैयाँ प्रतितोला रहेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ। अघिल्लो दिन १४ सय १० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार १५ रुपैयाँले घटेको हो।

सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार २९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।