शुभम पावरको सेयर कारोबार खुल्ला

काठमाडौं – हालै आईपीओ बिक्री गरेको शुभम पावर लिमिटेडको सेयर कारोबार खुलेको छ।

मंगलबारदेखि धितोपत्र दोस्रो बजारमा कारोबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले तोकेको रेन्जभित्र आज स्पेसल प्रि–सेसनमा शुभम पावरको सेयर किनबेच भएसँगै नियमित समयका लागि कारोबार खुलेको हो।

पहिलो कारोबारका लागि भने नेप्सले प्रतिकित्ता न्यूनतम ८८.४८ रुपैयाँ र अधिकतम २६५.४४ रुपैयाँ ओपनिङ रेन्ज तोकेको थियो। आज प्रि–सेसनमा यो कम्पनीको सेयर २६५ रुपैयाँमा किनबेच भएको छ।