बिपिडब्लु लघुवित्तको आइपिओ भर्ने आज अन्तिम दिन

काठमाडौं – बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको आईपिओमा आवेदन दिने आज फागुन २३ गते अन्तिम दिन रहेको छ । कम्पनीले फागुन १८ गतेदेखि आम सर्वसाधारणलाई आइपिओ बिक्री खुला गरेको हो । कम्पनीले सर्वसाधारणलाई ८० हजार ९ सय ५० कित्ता शेयर निष्काशन गरेको हो ।

आवेदन दिंदा न्यूनतम १० कित्ता र अधिकतम १०० कित्ताको लागि आवेदन दिन सकिने छ । शेयर निष्काशनको लागि मेगा क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

कम्पनीले यस अघि नै नेपाल सरकारबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई आईपिओ निष्काशन गरि बाँडफाँड गरिसकेको छ