एभरेष्ट बैंकले पनि प्रिमियम घटायो

काठमाडौं – एभरेष्ट बैंकले पनि कर्जाको ब्याज घटाएको छ । बैंकले आफ्ना ऋणीहरुलाई एसएमएसमार्फत ब्याजमा लगाइएको प्रिमियम घटेको जानकारी दिएको हो । प्रचलित व्यवस्था अनुसार चैत्र मसान्तमा मात्रै ब्याजदर घटाउन पाउने भएपनि प्रिमियम भने घटाउन पाइन्छ । घटेको प्रिमियम चैत्रबाट लागु हुनेछ ।
बैंकहरुले बेस रेटमा प्रिमियम जोडेर ब्याजदर तोक्ने हुनाले प्रिमियम घटेसँगै तिर्नुपर्ने ब्याजको रकम पनि घट्छ । एभरेष्ट बैंकले हाललाई १ प्रतिशत प्रिमियम घटाएको हो । सानिमा बैंक र सिटिजन्स बैंकले यसअघि नै प्रिमियम घटेको जानकारी आफ्ना ऋणीहरुलाई गराईसकेका छन् ।