निजी क्षेत्रको कुरा सुन्न प्रधानमन्त्रीले बोलाए

काठमाडौं – अर्थमन्त्रालयको पनि कार्यभार बोकेका प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार आर्थिक क्षेत्रको कुरा सुन्ने भनेर सरोकारवालाहरुलाई बोलाएका थिए

शनिवार नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स संघलगायतका संस्थाका अध्यक्षहरुलाई प्रधानमन्त्रीले आइतबार भेट्ने र कुरा सुन्ने भन्दै बोलाएका हुन ।

आइतबार प्रधानमन्त्री कार्यालयमा साढे १२ बजेदेखि छलफल गर्ने भनेर दाहालले सबैलाई डाकेका थिए। तर, आमन्त्रितमाझ दाहाल आफैं भने डेढ घण्टा ढिला १ः३० बजे मात्रै पुगे।