राष्ट्र बैंकको निर्देशनपछि जीवन विकास लघुवित्तको लाभांश घट्यो

काठमाडौं – जीवन विकास लघुवित्तको लाभांश परिमार्जन भएको छ। नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार लाभांश संशोधन गरिएको कम्पनीले जनाएको छ।
कम्पनीले यस अघि आर्थिक वर्ष ७८.७९ को मुनाफा हालको चुक्ता पूँजीको २८ प्रतिशत बोनस शेयर र ९.३६८४ प्रतिशत नगद लाभांश ९कर प्रयोजनको लागि समेत गरि कुल ३७.३६८४ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो ।
अब भने कम्पनीले हालको चुक्ता पूँजीको २६ प्रतिशत बोनस शेयर र ७.१५ प्रतिशत नगद लाभांश ९कर प्रयोजनको लागि समेत० गरि कुल ३३.१५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।