१३ जिल्लाबाट काठमाडौं प्रवेशमा प्रतिबन्ध (जिल्लाको नामसहित)

काठमाडौं – सरकारले २०० भन्दा बढि कोरोना संक्रमित भएका जिल्लाहरुबाट काठमाडौं प्रवेशमा रोक लगाउने भएको छ । कोभिड १९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) को आइतबार बसेको बैठकले २०० भन्दा बढी सक्रिय संक्रमित भएका जिल्लाबाट काठमाडौं उपत्यका प्रवेशमा रोक लगाउन सरकारलाई सिफारिस गरेको छ ।

आज बस्ने मन्त्रिपरिषद् बैठकले यस विषयमा निर्णय गर्ने एक मन्त्रीले बताए । रौतहट, कैलाली, पर्सा, महोत्तरी, कपिलवस्तु, सर्लाही, धनुषा, डोटी, अछाम, बाजुरा, सप्तरी, मोरङ, बझाङलगायतका जिल्लामा अहिले पनि २ सय भन्दा माथि कोरोना संक्रमित सक्रिय छन् । सरकारले यी जिल्लाबाट काठमाडौं आउन र काठमाडौैबाट बाहिर जान रोक लगाउने ती मन्त्रीको भनाई छ ।