मोलुङ हाइड्रोको आइपिओ बाँडफाँड : ७ हजार जनाको आवेदन रद्द, ५ जनाले पाए ११ कित्ता शेयर

काठमाडौं – मोलुङ हाइड्रोपावर कम्पनीले सर्वसाधारणको लागि निष्काशन गरेको आइपिओ बाँडफाँड भएको छ। आज शुक्रबार बिहान बिक्री प्रबन्धक सनराइज क्यापिटलले शेयर बाँडफाँड गरेको हो ।

क्यापिटलका अनुसार आईपिओमा कुल १४ लाख २४ अह्जर ३ सय ५१ आवेदकबाट १ करोड ५५ लाख ७९ हजार ८ सय कित्ताको आवेदन परेको थियो । जस मध्ये ७ हजार ५ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । योग्य आवेदकको संख्या १४ लाख १७ हजार ३ सय ४६ रहेको छ।

माग भन्दा बढीको आवेदन परेकोले क्यापिटलले योग्य रहेका १४ लाख १७ हजार ३ सय ४६ जनालाई गोलाप्रथामा सहभागी गराएर गोलाप्रथा मार्फत शेयर बाँडफाँड गरेको छ ।