कर्जा लिएपछि नतिर्ने भन्नु अराजकता हो : बैंक तथा वित्तीय संस्था

काठमाडौं – विभिन्न शर्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा लिएपछि नतिर्ने भन्नु अराजकता भएको बैंकरहरुले बताएका छन् । बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन, वित्तीय संस्था संघ र लघुवित्त बैंकर्स एसोसिएसनले यस्ता क्रियाकलाप कसैको हितमा नहुने बताएका हुन् ।

पछिल्ला दिनमा केही व्यक्तिहरुले बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुलाई धम्की दिने र अराजक गतिविधि गर्ने कार्यले आर्थिक गतिविधिमा समेत नकारात्मक असर पार्न सक्ने भन्दै सबैलाई सजग रहन उनीहरुले आग्रह गरेका छन् ।