तोलाको यतिले घट्यो सुनको मूल्य

काठमाडौं – आज नेपाली बजारमा सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो बिहीबारको तुलनामा १०० रुपैयाँले घटेर कारोबार सुरु भएको हो ।
यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख २ हजार ५०० रुपैयाँ कायम भएको छ । यस्तै, आज तेजाबी सुनको मूल्य १ लाख २ हजार रुपैयाँ कायम छ । हिजो बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख २ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख २ हजार १०० रुपैयाँ कायम थियो । यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । ।