मोलुङ हाइड्रोको आइपिओ शुक्रबार बिहान बाँडफाँड हुँदै

काठमाडौं  – मोलुङ हाइड्रोपावर कम्पनीले सर्वसाधारणको लागि निष्काशन गरेको आइपिओ शुक्रबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक सनराइज क्यापिटलले फागुन १९ गते शुक्रबार बिहान १० बजे क्यापिटल कै कार्यालयमा शेयर बाँडफाँड गर्न लागेको हो ।

कम्पनीले फागुन ४ देखि फागुन १० गतेसम्म सर्वसाधारणलाई आइपिओ बिक्री खुला गरेको थियो। कम्पनीले कम्पनीमा कार्यरत कर्मचारीको लागि ५४ हजार ५ सय ७० कित्ता शेयर र सर्वसाधारणलाई २२ लाख ६४ हजार ६ सय ५५ कित्ता शेयर निष्काशन गरेको थियो ।