क्यू.आर कोड स्क्यान गरेरै अब नेशनल लाईफ इन्स्योरेन्सको बीमाशुल्क भुक्तानी गर्न मिल्ने

काठमाडौं— नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना ग्राहक वर्गहरुलाई उच्चतम प्रविधिमा आधारित सर्व सुलभ सेवा प्रदान गर्ने उदेश्यले कम्पनीको सबै शाखा मार्फत Fonepay Network मा आवद्ध वित्तिय संस्था ESEWA को माध्यामबाट Dynamic QR scan गरी आफ्नो बीमाशुल्क बुझाउन सकिने व्यवस्था गरेको छ ।
सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै कम्पनीले एक समारोह बिच सो सेवाको औपचारिक शुरुवात गरेको कुरा बताएको हो । उक्त कार्यक्रम कम्पनीको प्रमुख कार्यकारी अधिकृत श्री सुरेश प्रसाद खत्री र ESEWA का प्रमुख कार्यकारी अधिकृत श्री जगदिश खड्काको समुपस्थितीमा समपन्न भएको थियो । कम्पनीले यस प्रकारको उच्चतम प्रविधिमा आधारित सेवाबाट कम्पनीका ग्राहक वर्गहरुले नगद रहित भुक्तानी गरी लाभ उठाउन सक्ने आपेक्षा गरिएको छ ।